Logo

खेलकुद

नेयमारले बार्सिलोनालाई ९१ करोड तिर्नुपर्ने



पेरिस सेन्ट जर्मेन तथा ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका फरवार्ड नेयमारले आफ्नो पूर्व क्लब बार्सिलोनालाई ६.७ मिलियन युरो (९१ करोड नेपाली रुपैयाँ) तिर्नुपर्ने भएको छ ।

नेयमारले आफ्नो पूर्वक्लब बार्सिलोनाले ४३ दशमलव ६ मिलियन युरो नदिएको भन्दै मुद्दा दर्ता गरेका थिए । तर, उनको मुद्दा खारेज गर्दै सामाजिक अदालत १५ ले नेयमारलाई आफ्नो पूर्व क्लबलाई ६ दशमलब ७ मिलियन युरो भुक्तान गर्न आदेश दिएको हो ।

नेयमारले २०१६ मा बार्सिलोनासँगको पूर्ण नवीनीकरण बोनस नपाएको आरोप लगाएका थिए । किनभने उनी २०१७ मा विश्‍व कीर्तिमानी मुल्यमा स्पेनबाट पेरिस पुगेका थिए । क्लबले उक्त फैसलासँग सहमत हुँदै एक बयान सार्वजनिक गरेको छ ।

क्लबको वेबसाइटमा एक विज्ञप्तिमा भनिएको छ “एफसी बार्सिलोनाले सामाजिक अदालत १५ ले दिएको निर्णयलाई स्वागत गर्दछ ।

क्लब र खेलाडी नेमार जुनियरको बीचमा गरिएको अन्तिम अनुबन्धको लागि क्षतिपूर्ति मागको दाबी गरेकोमा फैसलाले यस समग्रमा खेलाडीको दावी खारेज गरेको छ ।

नेयमारले ४३ दशमलब ६ मिलियन युरो भुक्तानीको माग गरेका थिए । तर, अब नेयमारले क्लबलाई ६ दशमलब ७ मिलियन युरो फिर्ता गर्नुपर्नेछ ।”

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार १९:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।