Logo

खेलकुद

आर्सनल ब्राइटनसँग स्तब्ध, वल्भ्स र प्यालेसको सहज जित



लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगमा ब्राइटन होव अल्वियोनसँग स्तब्ध बनेको छ । आसर्नलले शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा ब्राइटनसँग २–१ ले स्तब्ध बन्न पुगेको हो ।

घरेलु टोली ब्राइटन सुरुमा पछि परेर पनि २–१ को जित निकाल्न सफल भयो । पहिलो हाफमा दुवै तर्फबाट गोल नभएको खेलमा ६८ औँ मिनेटमा निकोलास पेपेले आर्सनलका लागि गोल गरे ।

७५ औँ मिनेटमा लुइस डंकले ब्राइटनका लागि बराबरी गोल गरे । इन्जुरी समयको पाँचौँ मिनेटमा निल माउपेले गोल गरेपछि ब्राइटन विजयी भयो ।

जितपति १५ औँ स्थानको ब्राइटनको ३० खेलबाट ३२ अंक भएको छ । १० औँ स्थानमा रहेको आर्सनलको ३० खेलबाट ४० अंक छ ।

लिग अन्तर्गत शनिबार यस्तै प्रिमियर लिगको अर्काे खेलमा वल्भ्सले वेस्टह्याममाथि २–० को सहज जित निकाल्दै पाँचौ स्थनमा रहेको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेको छ । समान ४६ अंक भएपनि वल्भ्स गोल अन्तरमा छैटौ स्थानमा रहेको हो । हारपछि वेस्टह्याम २७ अंक जोडर १७औं स्थानमा यथावत छ । वल्भ्सको सहज जितमा राहुल जिमिनेज र पेड्रो नेटोले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

अर्काे खेलमा क्रिस्टल प्यालेसले एफसी बर्नमाउथमाथि २–० को जित निकालेको छ । बर्नमाउथको जितमा मिलिभोजेभिक र जोर्डन एयुले गोल गरे । जितसँगै प्यालेस ४२ अंक जोडेर नवौं स्थानमा उक्लन सफल हुदा बर्नमाउथ २७ अंक जोडेर रेलिग्सन जोनको १८औं स्थानमा यथावत छ ।

यस्तै लेस्टर सिटी र वाट्फोर्डले १–१ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ७ असार २०७७, आईतवार ०७:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।