Logo

प्रमुख समाचार

कांग्रेस र जसपाको असहमतिबीच नागरिकता विधेयक प्रस्ताव बहुमतले पारित



संसदको राज्य व्यवस्था समितिले नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ ।

वैवाहिक अंगिकृत नागरिकताको विषयमा कुरो नमिल्दा विधेयक समितिमा दुई वर्षदेखि अल्झिएको थियो ।

आइतबार समितिको बैठकले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता प्रदान गर्ने प्रावधानसहितको नागरिकता विधेयक बहुमतले पारित गरेको हो। अब उक्त विधेयक प्रतिनिधिसभामा पेश हुनेछ ।

वैवाहिक अंगिकृत नागरिकताको सात वर्षे प्रावधानप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै फरकमत दर्ता गराएका छन् ।

कांग्रेसको तर्फबाट दिलेन्द्र बडु र जसपाको तर्फबाट राजेन्द्र महतोले वैवाहिक नागरिकताको सात वर्षे प्रावधानप्रति पार्टीको तर्फबाट फरकमत दर्ता गराएका हुन् ।

प्रकाशित मिति : ७ असार २०७७, आईतवार १९:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।