Logo

खेलकुद

इन्टर मिलानको महत्वपूर्ण जित



इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा इन्टर मिलान विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानले साम्पडोरियालाई २–१ ले पराजित गरेको हो ।

इन्टरको जितमा रामेलु लुकाकु र लौतारो मार्तिनेजले गोल गरेका हुन् । साम्पडोरियाका लागि मोर्तेन थोर्स्बीले एक गोल फर्काए ।

लुकाकुले १० औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई सुरुवाति अग्रता दिलाए । उनले गोलको सेलिब्रेसन रंगभेद विरोधी आन्दोलनको समर्थनमा घुँडा टेकेर गरे ।

३३ औँ मिनेटमा मार्तिनेजले गोल गरेका हुन् । पहिलो हाफमा २–० ले पछि परेको साम्पडोरियाका लागि ५२ औँ मिनेटमा थोर्स्बीले एक गोल फर्काएका हुन् ।

जितपछि तेस्रो स्थानको इन्टर मिलानको २४ खेलबाट ५४ अंक भएको छ । उ दोस्रो स्थानको लाजिओ भन्दा पाँच तथा शीर्ष स्थानको युभेन्टस भन्दा ६ अंकले पछि रहेको छ ।

आइतबार राति नै भएको अर्को खेलमा रोमाले लेचेलाई ४–० ले पराजित गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार ०६:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।