Logo

अन्तर्वार्ता

 पत्रकारहरु ठगिदै, मिडिया हाउस पारदर्शी हुनुपर्छ (भिडियोसहित) 



नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशी श्रमजीवी पत्रकारको हकहितका लागि अनवरत खटिरहने पत्रकारका रुपमा चिनिन्छन् । पीडित पत्रकारको खोजि गर्नु र उनीहरुको समस्याको हल गर्नु उनको दैनिकी हो । 

नेपाल पत्रकार महासंघले पनि अधिकांश श्रमजीवीका मुद्दा सल्टाउन उनलाई नै जिम्मेवारी दिने गरेको छ । जैशी नेपाली संचार माध्यममा लगानी र आयको पारदर्शीता नहुनु मुख्य समस्या ठान्छन् । कोरोना संक्रमण र लकडाउनको बाहनामा धेरैजसो पत्रकार ठगिएको उनको भनाइ छ । 

‘मिडिया हाउसले घाटामा छु भन्ने तर पत्रकारलाई तलब नदिने, दिएपनि आधा रकम मात्रै दिने, जागिरबाट बेदखल गर्ने गरेको पाइयो, यसका लागि पनि श्रोत र आय पारदर्शी हुनुपर्छ । ’ जैशी भन्छन् । 
उनका अनुसार मिडिया नियमनका लागि प्रेस रजिष्टकारको कार्यालय र नेपाल प्रेस काउन्सिल अधिकार सम्पन्न छैनन् । यीनलाई कानुनीरुपमै अधिकार सम्पन्न बनाउनुपर्छ । पीडित पत्रकारलाई न्याय दिने सवालमा यी निकाल प्रभावकारी हुन नसकेकाले पत्रकार महासंघलाई  दवावमुलुक कार्यक्रम बढाउनुपर्ने दायित्व आएको छ । 

नेपालमा हरेक क्षेत्रमा बैदेशिक लगानी भित्र््याउने लहर चलेको र मिडियामा पनि लगानी ल्याउने षडयन्त्र भैरहेको उनको बुझाइ छ । मिडियामा बिदेशी लगानी ल्याउनु भनेको सरासर राष्ट्रियता संकटमा पार्ने काम हुने उनी बताउँछन् । 

संसदीय व्यवस्था भएसम्म राजनीतिक अस्थिरता भइरहने र यसको अशर राज्यका हरेक निकायमा पर्ने हुँदा बैज्ञानिक समाजवादको व्यवस्था नै उन्नत र उपयुक्त हुने जैशी बताउँछन् । 

बिस्तृत भिडियोमा हेर्नुहोस् :

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार २०:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।