बारा । नगर प्रमुख उपेन्द्रप्रसाद यादव र उपप्रमुख तारादेवी कानुसहित कार्यपालिकाका बहुमत सदस्यहरूबीचको असमझदारीले महागढीमाई नगरपालिकामा विवाद बढ्दै गएको छ । गत स्थानीय निर्वाचनमा दुवैजना नेपाली कांग्रेसबाट विजयी भएका थिए । नगरपालिकामा अहिले प्रमुख यादव र उपप्रमुख कानुसहित कार्यपालिकका बहुमत सदस्यहरू दुई ध्रुवमा विभाजित भएका छन् । कार्यपालिकामा भने एमाले र जनता समाजवादी पार्टीको बहुमत छ । मेयर…