प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादीबाट असन्तुष्ट भएर नेकपा एमालेको ओली समूहमा प्रवेश गरेकाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाउन लागेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालको असन्तुष्ट समूहलाई सरकारमा सहभागी गराएका ओलीले फेरि पूर्वमाओवादीका असन्तुष्टहरुलाई मन्त्री पद दिन लागेका हुन् ।
पूर्वमाओवादीबाट राष्ट्रियसभामा पराजित पूर्वमाओवादीका चन्द्रबहादुर खड्कालाई मन्त्री बनाएर पूर्वमाओवादीको चित्त बुझाउने तयारी प्रधानमन्त्री ओलीको रहेको छ ।
त्यस्तै कर्णाली प्रदेश सरकारको राज्यमन्त्रीबाट निकालिएका अछामका प्रकाश रावललाई पनि मन्त्री बनाउने तयारी छ । त्यस्तै माओवादीबाट निकालिएकी प्रदेश २ कि प्रदेशसभा सदस्य ज्वालाकुमारी साहको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ ।
त्यसो त पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले पनि गृहमन्त्रीमा दोहोरिने चाहना व्यक्त गरेका थिए । तर, बादलसहितका ७ मन्त्रीलाई सर्वोच्च अदालतले व्यक्ति नै तोकेर मन्त्रि बन्न नमिल्ने भनेकाले बादललाई गृहमन्त्री बनाउन नसकिने बालुवाटारले जवाफ दिएको बुझिएको छ ।
यसअघि शुक्रबार प्रधानमन्त्री ओलीले महन्थ ठाकुर समूहका १० जनालाई मन्त्री बनाएका थिए । अहिले गृह, रक्षा, सञ्चार, उद्योग वाणिज्य तथा वन मन्त्रालय रिक्त रहेका छन् ।




















प्रतिक्रिया