Logo

अनलाइनपाना खोज

मनी ट्रान्सफरको आवरणमा हुन्डी: ‘आइएमइ’ र ‘इसेवा’माथि अभियोग मात्रै किन?



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपालका पुराना तथा ठूला भनिएका रेमिट्यान्स कम्पनी आइएमइ मनी ट्रान्सफरदेखि भुक्तानी प्रदायक इसेवासम्मले अवैध हुण्डी कारोबार गर्दै आएको तथ्य उजागर गरेको छ।

सीआईबीले प्रभु मेनेजमेन्टद्वारा भएको ठगीका सम्बन्धमा गरेको अनुसन्धानका क्रममा नेपालका रेमिट्यान्स र डिजिटल भुक्तानी प्रदायकका नाममा संचालन हुँदै आएका कम्पनीले मनी ट्रान्सफर प्रणालीभित्र गम्भीर आर्थिक अपराधको संजाल जोडिएको अर्थात् हुन्डी कारोबार गरिरहेको बिषय सार्वजनिक गरेको हो।

प्रभु म्यानेजमेन्टका सम्बन्धमा भएको अनुसन्धानका क्रममा सीआईबीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको नेपाली रुपैयाँ आईएमइ लगायत विभिन्न मनी ट्रान्सफरहरुको खातामार्फत बैंकिङ च्यानलमा मिसाइएको प्रमाण फेला पारेको छ। सोहि अनुसन्धानका क्रममा पक्राउ परेका रामबाबु प्रसाद जयसवालको बयानले रेमिट्यान्स कम्पनीको आवरणमा हुन्डी कारोबारमार्फत् हुँदै आएको आर्थिक अपराधको उजागर गरेको छ। यी रेमिट्यान्स कम्पनीहरुले आर्थिक अपराध गर्दै आएको अभियोग पत्रमा उल्लेख गरिएपनि थप अनुसन्धान भने गरिएको छैन।

जयसवालले दिएको बयान अनुसार उनले भारतबाट लुकाएर ल्याएको नेपाली रुपैयाँ ६ वर्षको अवधिमा ९२ करोड रुपैयाँ बराबर छ। यसमध्ये ६ करोड रुपैयाँ प्रभु मनी ट्रान्सफरको खातामा जम्मा भएको पुष्टि भए पनि बाँकी ८६ करोड रुपैयाँ आईएमइ लिमिटेड लगायतका खातामा गएको बताईएको छ । जयसवाल भारतमा रहेका हरिस जयसवालको निर्देशनमा मोटरसाइकलको डिक्कीमा पैसा लुकाएर नेपाल भित्र्याउने र ह्वाट्सएपमार्फत आएको निर्देशनअनुसार विभिन्न मनी ट्रान्सफर तथा वालेट कम्पनीका खातामा रकम जम्मा गर्ने गरेको बयान दिएका छन्।

जयसवालले इसेवा र आइएमइ लिमिटेडका खातामा पनि नियमित रूपमा हुन्डीको रकम जम्मा गर्ने गरेको बताएका छन्। जयसवालका अनुसार एक लाख रुपैयाँ जम्मा गरेबापत उनले २ सय ५० रुपैयाँ कमिसन पाउने गरेका थिए। उनले कमिसनबापत मात्रै २४ लाख रुपैयाँ कमाएको बयान दिएका छन्। जसले हुन्डी कारोबारको परिमाण समेत पुष्टि गरेको छ।

व्यूरोले लिएको बयानमा जयसवालले भारतबाट हुन्डी गरेर ल्याएको रकम ईसेवा मनी ट्रान्सफर प्रालि, सिटी एक्सप्रेस मनी ट्रान्सफर, आईएमई लिमिटेड, जीएमई रेमिट प्रालि, पेवेल नेपाल प्रालि, आइपे रेमिट प्रालि, प्रभु म्यानेजमेन्ट, सजिलोपे पेमेन्ट सर्भिसेज प्रालि, जल्थल मनी ट्रान्सफर, रामप्रित मेमोरियल मनी ट्रान्सफर र एटी मनी ट्रान्सफरको खातामा जम्मा गर्ने गरेको खुलाएका थिए।

यसबाहेक उनले एन्ट्री भाइरस सप्लायर्स, अभियान्सु किराना पसल, बाबा डिबार इन्टरप्राइजेज, दुर्लभ ट्रेडर्स, मनीषा कुमारी साह, नेहा कुमारी साह, सुरज गन्गाई, मा ६३ छिन्नमस्ता इन्टरप्राइजेज, रिया ट्रेडर्स, आकाश इन्टरप्राइजेज, सद्गुरु ट्रेडर्स, ॐ ट्रेडर्स, सिटी मार्केट सर्भिसेज एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र गुल्सल गोला स्टोर्सलगायतका फर्म तथा व्यक्तिहरूको खातामा हुन्डीको रकम जम्मा गर्ने गरेका थिएअन्यको हकमा पनि लाग्ने कानुन यही नै हो।

प्रभु मेनेजमेन्टबाट भएको ठगीको अभियोग पत्रमा हुन्डीको अभियोग समेत समेटिएको छ। तर, सोहि कारोबारमा संलग्न अन्य रेमिट्यान्स कम्पनीहरुको हकमा भने सिआईबी मौन देखिएको छ। जयसवालको बयानअनुसार आइएमइ र इसेवा मनी ट्रान्सफर सबैभन्दा बढी हुण्डी कारोबार गर्ने कम्पनी हुन्। हेमराज ढकाल नेतृत्वको आइएमइ रेमिटले बेलायत, कुवेत, साउदी अरेबिया, मलेसिया लगायत १६ देशकमा कम्पनी खोली रेमिट्यान्स कारोबार गर्दै आएको छ।

आइएमइ रेमिटको नाममा कारोबार गर्दै आएको यस कम्पनीको अध्यक्षमा हेमराज ढकाल छन्। यो २५ वर्ष अगाडि स्थापित रेमिट हो। आइएमइको आधिकारिक वेभसाइटमा राखेको विवरण अनुसार यसले कुवेत, साउदी अरेबिया, मलेसिया लगायत १६ देशबाट नेपालमा रेमिटेन्स भित्र्याउने गरेको छ।

नेपालमा सबैभन्दा पुरानो तथा ठूलो रेमिटेन्स र डिजिटल भुक्तानी प्रदायक आइएमइ र इसेवा हुन् । यिनै प्रभावशाली कम्पनीहरूले नियमित रुपमा हुन्डी सञ्जालमा जोडिँदा नियामक निकाय नेपाल राष्ट्र बैंकले हालसम्म औपचारिक छानविन तथा सोधपुछसमेत गरेको छैन। जसका कारण नियामक निकायको भूमिकामाथि समेत गम्भीर प्रश्न उब्जिएको छ। ठूला मनी ट्रान्सफर र भुक्तानी प्रदायक वालेट कम्पनीहरुमाथि निष्पक्ष छानबिन नहुँदा देश ग्रे लिस्टमा छ।

केहि समयअघि १७ अर्ब ८६ करोड रुपैयाँ हुन्डीमार्फत् बैंकिङ प्रणालीमा ल्याउने गिरोह पक्राउ परेपछि राष्ट्र बैंकले ‘सजिलो पे’ र ‘पेवेल वालेट’ को लाइसेन्स खारेज गरेको थियो। तर, प्रतिष्ठित व्यापारी चन्द्र प्रसाद ढकालद्वारा संचालित आईएमइ र इसेवाजस्ता कम्पनीले वर्षौंदेखि रेमिट्यान्स कम्पनी र डिजिटल भुक्तानी सेवा प्रदायकका नाममा अवैध हुण्डी कारोबार गरिरहँदा राष्ट्र बैंकले प्रश्न सम्म गर्ने हिम्मत देखाएको छैन।

नेपालमा हुने आर्थिक कारोबार वैध च्यानालमार्फत् नभइ अवैध रुपमा हुँदा नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) ग्रे–लिस्टमा राखेको छ। यो सन्दर्भमा नेपालकै मुख्य रेमिट्यान्स कम्पनीले नै हुण्डी कारोबार गर्नुले यस प्रकरणलाई झन् संवेदनशील बनाएको छ। विभिन्न आवरणमा लामो समयदेखि हुँदै आएको हुन्डी नियन्त्रणमा सम्बद्द निकाय असफल हुँदा देश ग्रे–लिस्टबाट निस्कन सकेको छैन। जबसम्म नेपालका ठूला मनी ट्रान्सफर र वालेट कम्पनीमाथि निष्पक्ष छानबिन हुँदैन तबसम्म देश ग्रे लिस्टको जोखिमबाट निस्कन नसक्ने अर्थविद्हरुको दावी छ ।

अरु पनि…

आईएमइ समूहबाट मन्त्री बन्दै ‘आइजीआई इन्स्योरेन्स’का संचालक भण्डारी

‘आईपिओ’ को नाममा ठगी गर्ने ढकालहरू नै अध्यक्षलाई बदनाम गर्ने अभियानमा

‘बहुविवाह फापेका व्यापारी चन्द्रप्रसाद’ : ‘देशदेखि विदेशसम्म अर्बौंको साम्राज्य’

बेलायतमा ढकाल समूहको अवैध लगानी, बर्षौंदेखि हुण्डीमार्फत् ‘कालो धन ओसारपसार’

‘उद्योगीका विरुद्दमा महासंघकै अध्यक्ष, कुलमानसँग कुम मिलाउँदा पंगु बने व्यवसायी’

आईएमइ ग्रुपका भ्रष्ट कर्मचारीलाई राष्ट्र बैँककै ‘ढाडस’, पदीय स्वार्थसँग अपराधको ‘सट्टेवाजी’

आइएमई ग्रुपको पासोमा अर्थमन्त्री खनाल, पुराना गाडीको आयातमा गोप्य सम्झौता

अर्थमन्त्रीको बुई चढेर व्यवसायी तर्साउँदै चन्द्र ढकाल, ‘एफएनसीसीआई’ को भूमिका शंकास्पद

 

प्रकाशित मिति : ६ पुष २०८२, आईतवार १३:४७   :  बजे

1.8K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।