Logo

स्वास्थ्य

कोरोना अपडेट : ६ हजार ९३९ जना थपिए नयाँ संक्रमित, १०६ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना कोभिड १९ संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १६ हजार ४७६ पुगेको छ। आज नयाँ संक्रमितभन्दा संक्रमण मुक्त हुनेको दर बढेको हो।

बिहीबार देशभर ६ हजार ९३९ जना नयाँ संक्रमित छन्। २० हजार ४१४ जनाको पीसीआर परीक्षण गर्दा  ६ हजार ७३१ जनामा संक्रमण देखिएको हो भने ५७८ जनाको एन्टीजेन परीक्षण गर्दा २०८ जनामा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा १०६ जनाको मृत्यु हुँदा देशभर कूल मृतकको संख्या ६ हजार ९५१ पुगेको छ। हालसम्म नेपालमा ५ लाख ४२ हजार २५६ जनामा संक्रमण देखिएको छ।

 

प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार  ४ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।