Logo

राजनीति

मालदार मन्त्रालयको ‘पासा’ थापेर नेपाल समूहलाई कमजोर बनाउने दाउमा ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तामाझामसहित मन्त्रिपरिषद् हेरफेर गरे । जनता समाज वादी पार्टीको सहारामा सत्ता टिकाउन उद्दत ओलीले जसपाबाट १० मन्त्री बनाए ।

तर, जसपालाई उनले कुनै महत्वपूर्ण मन्त्रालय भने दिएका छैनन् । ओलीले रक्षा, गृह लगायत महत्वपूर्ण सात मन्त्रालय आफैसँगै राखेका छन् । ओलीले गृह, रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण र संघीय मामिला तथा सामान्य प्रशासन आफैसँग राखेका हु्न् ।

ओलीले एमालेबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फे, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतो, वनमन्त्री प्रेम आलेलगायत १२ मन्त्रीलाई बिदाइ गरे । उनले ठूलो संख्यामा आफ्नै पार्टीका मन्त्रीहरूलाई बाहिर्‍याएर महत्वपूर्ण सात मन्त्रालयलाई आफ्नै कब्जामा राख्नुलाई रहस्यको रूपमा हेरिएको छ ।

उनको पहिलेको मन्त्रिमण्डमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, वनमन्त्री प्रेम आले र शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ सधै विवादमा रहने पात्र हुन् । श्रेष्ठ र आले त सार्वजनिक कार्यक्रममै के बोल्ने र के बोले भन्ने बारे नै टुंगो नभएका व्यक्तिको रुपमा परिचित छन् ।

आलेले विरुद्ध कुनै समय काठ तस्कर भन्दै मुद्दा दर्ता भएको थियो । जुन मुद्दाको किनारा अझै लाग्न बाँकी छ । उनलाई मन्त्री बनाउने वित्तिकै सरकारको निकै आलोचना भएको थियो ।

छोटो समय मन्त्री भए पनि उनको विवादित छविले चर्चा भने सधै पाइनै रह्यो । रुखले कार्वनडाइअस्साइड दिन्छ हामी अक्सिजन दिन्छौं भन्ने अभिव्यक्ति दिँदा निकै ट्रोल बनेका थिए । कैलालीको बाह्र मन पुगेर एक कर्मचारीलाई तेरो हैसियत देखाइदिन्छु भन्दै गरेको गालीले पनि उनी निकै आलोचित बने । उनको आलोचना त्यत्तिमै सकिएन । 

केही दिन पहिले चिनबाट अनुदानमा पाएको अक्सिजन सिलिन्डरमा आफ्नो तस्बिरयुक्त पर्चा टासेर बाडेपछि त उनी सामाजिक सञ्जालमा झनै ट्रोलको सिकार हुने पुगे । जसको उनले विज्ञप्ति जारी गर्दै आफैले खरिद गरेको अक्सिजन सिलिन्डर वितरण गरेको भन्दै स्पष्टीकरण दिएका थिए । सरकारले अक्सिजन सिलिन्डर ल्याउँदा कर छुट गर्ने भनेको भए पनि उनको कर तिरेको बिजक बिल सार्वजनिक भएसँगै उनलाई सामाजिक सञ्जालमा झनै उडाइयो ।

सधै आलोचित बनेका उनलाई त प्रधानमन्त्री ओलीले मन्त्रीबाट मुक्त गरे । तर, अर्का आलोचित पात्र शिक्षामन्त्री श्रेष्ठ भने उनका सत्ता यात्राका सारथी अझै छन् ।

एउटा कार्षक्रममा मन्त्री श्रेष्ठले ओलीलाई राजनीतिको पेले भएको अभिव्यक्ति दिएका थिए । त्यत्तिमै कुरा सकिए त केही थिएन । मन्त्री जस्तो पदमा रहेका व्यक्तिले विद्यार्थीको अगाडि ठूला-ठूला राजनीतिक भाषण गर्दै प्रधानमन्त्री ओलीलाई हटाउन सक्ने कोही माइकालाल जन्मेको छ भन्दै तोष पोखेका थिए । जसले उनको निकै आलोचना भएको थियो ।

फेरी उनले नयाँ मन्त्रिमण्डल हेरफेर गरेको पहिलो दिनमै उनका सत्ता साझेदार जसपाका नेता एवं उपप्रधानमन्त्री महतोले विवादित अभिव्यक्ति दिएका छन् । उनले नेपाललाई बहुल राष्ट्र बनाउन मुक्ति आन्दोलन गर्ने बताए । उनको त्यो टिप्पणीलाई लिएर यतिवेला चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा नेता महतोलाई देश निकाला गर्नुपर्ने माग चर्को रुपमा उठिरहेको छ । कतिपय नेताहरूले नै यसको उत्तर प्रधानमन्त्री ओलीले दिनुपर्ने बताइरहेका  छन् ।

माथिका त केही राजनीतिक घटना क्रम र उनका विश्वास पात्रको चर्चा मात्रै भयो । अब कुरा गरौं उनले महत्वपूर्ण सात मन्त्रालय आफैसँग राख्नुको राजबारे । एमाले स्रोतका अनु्सार ओली भित्रैभित्र माधवकुमार नेपाल गुटलाई कमजोर पार्न खेल खेलिरहेका छन् । उनले महत्वपूर्ण मन्त्रालयको लोभ देखाउँदै नेपाल समूहका केही प्रभावशाली नेतालाई आफूतर्फ तान्ने खेल खेलिरहेको स्रोतले अनलाइन पानालाई बतायो ।

उक्त स्रोतका अनुसार ओली नेपाललाई एकता प्रकृयामा सहभागी गराउन चाहँदैनन् । उसोत उनले नेपाललाई एकल्याउन खोजेको चर्चा पनि बाहिर हुन थालेको छ । त्यसै गृह मन्त्रालयमा भने उनका विश्वासपात्र महेश बस्नेत वा गोकुल बाँस्कोटालाई ल्याउने चर्चा भइरहेको भइरहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार १९:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।