Logo

समाचार

स्याङजामा प्याराग्लाइडिङ दुर्घटना, एकजना घाइते



पोखरा । स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना घाइते भएका छन् । स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर स्थानीय लक्ष्मी अर्याल घाइते भएकी हुन् ।

उनको टाउको र खुट्टामा चोट लागेको प्रहरी प्रबक्ता रवीन्द्र खनालले जानकारी दिएका छन् । थप उपचारका लागि उनलाई पोखरा ल्याइएको छ । स्वरेकमा प्याराग्लाइडिङ सिक्ने क्रममा उनी खसेकी हुन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार १७:४६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।