Logo

खेलकुद

उषा सम्मिलित सिफाइन्जको दोस्रो हार 



काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्ज क्लबले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार राति माल्दिभ्समा जारी भलिबल एसोसियसन कप २०२२ मा लगातार दोस्रो हार व्यहोर्ने क्रममा सिफाइन्ज युथ न्यु जेनेरेकनसँग सोझो सेटमा पराजित भयो । 

उषाले व्यक्तिगत औषत प्रदर्शन गरेपनि टोली २५-१९, २५-१४, २५-१३ सेटमा पराजित भयो । प्रतियोगितामा सिफाइन्जको लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा क्लब हाफलाइन लिङ्केजलाई सोझो सेटमा हराएको थियो ।  

दोस्रो खेलमा भने सिफाइन्ज अर्की नेपाली ओपनर कामना विष्टको टिम माल्दिभ्स पुलिससँग सोझो सेटमा हारेको थियो ।सिफाइन्जले अब चौथो खेलमा शुक्रबार क्लब इगल्ससँग खेल्नेछ । 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार १३:२७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।