Logo

समाचार

खुकुरी हानेको आरोपमा १ जना पक्राउ



काठमाडौं । शंखमुलस्थित भोटाहिटी फलफूल पसल नजिकै गत चैतमा सुरज खड्कालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले थप १ व्यक्तिलाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको नाम्दुका विकास तामाङ रहेका उपत्यका अपराध माहाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
घटनामा संलग्न रहेको आरोपमा ५ जनालाई यसअघि नै प्रहरीले पक्रेको थियो ।

दोलखा नाम्दु गाउँपालिका(६ घर भई जडिबुटी बस्ने ३४ वर्षीय रोशन लामा, सिन्धुपाल्चोक बतासे गाउँपालिका(९ भई भक्तपुर बस्ने २३ वर्षीय प्रविन लामा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका (९ बस्ने २३ वर्षीय पुकार केसी, मन्थली नगरपालिका(१३ बस्ने १९ वर्षीय राजेश बुढाथोकी र खाँडादेवी गाउँपालिका (३ घर भई जडिबुटी बस्ने सञ्जीव मोक्तानलाई प्रहरीले यसअघि नै पक्रेको थियो ।

उनीहरुले लेनदेन र प्रेम सम्बन्धी विवादमा ललितपुरको महालक्ष्मीमा बस्दै आएका २५ वर्षका सुरजलाई चैत ९ गते दिउँसो खुकुरी हानेको प्रहरीको दाबी छ ।

उनीहरुमाथि ज्यान मार्ने उद्योग कसूर सम्बन्धी मुद्दामा कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १७:२५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।