Logo

कोशी प्रदेश

प्रदेश नं १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना पुष्टि



प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई  कारोना सङ्क्रमण भएको छ ।  मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गरेकोमा आज कोरोना पोजेटिभ पुष्टि भएको उनका निजी सचिव रवि खनालले जानकारी दिए ।

मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराएका थिए । उनी अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बसेका छन् ।  मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ ।  उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरेका छन् ।

यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।  उनी अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेशनमा बसेका छन् । उनको स्वास्थ्यावस्था पनि सामान्य  छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार १३:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।