Logo

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु



मोरङ, बिराटनगर महानगरपालिका-३ स्थित एनएल ०२ एन ४४८७ नम्बरको लहरीले को.२ ह २८१२ नम्बरको ट्याम्पोलाई शुक्रबार दिउँसो ठक्कर दिँदा ट्याम्पोमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीया पुजा भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । लहरीका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, खैरहनी नगरपालिका-८ स्थित सडकमा बा.३ ख २५६२ नम्बरको बसले ना.४८ प ३५३५ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४३ वर्षीय राम श्रेष्ठको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार १७:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।