Logo

स्वास्थ्य

होटल संघका निवर्तमान अध्यक्ष शाक्यको कोरोना संक्रमणका कारण निधन



कोरोना संक्रमणका कारण होटल संघ नेपाल (हान०) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ।

‘हान’का अनुसार ७० वर्षीय शाक्यको उपचारका क्रममा आज (शुक्रबार) बिहान ३ बजे ओम अस्पतालमा निधन भएको हो। सोल्टिमोडस्थित अमर होटलका सञ्चालक शाक्यलाई दसैंपछि कोरोना संक्रमण पुष्टि भएको थियो।

निमोनियाँ देखिएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको थियो। तर उपचार गर्दागर्दै उनको निधन भएको हो।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १४:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।