Logo

बैंकिङ

सानिमा बैंकले ४ अर्बको ऋणपत्र निकाल्दै



सानिमा बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन लागेको छ ।  बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट आज अनुमति पाएको हो । यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने जनाएको छ ।

बैंकले १० वर्ष अवधिको ‘सानिमा डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यपिटल रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार १४:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।