Logo

इन्फिनिक्सको नोट ७ सिरिज नेपाली बजारमा



इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ ।  इन्फिनिक्सले विविध विशेषता सहितको नोट ७ को अर्को संस्करण (६ जिबी र १२८ जिबी) लाइ निकै नै प्रतिस्पर्धात्मक मुल्य रु २३,९०० मा बजारमा भित्राएको छ ।

इन्फिनिक्सका लागि नेपालको वितरक ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडले गर्ने छ । सो फोन  Forest, Green र Bolivia Blue कलर सहित रिफ्लेक्टिभ ग्लासमा उपलब्ध छ ।

लामो समय पश्चात् इन्फिनिक्सको नोट ७ अन्तत्बजारमा भित्रिएको हो । यो इन्फिनिक्स नोट ७ मा ४८ MP quad Low-light  क्यामरा रहेको छ । समय र यसको माग अनुरुप इन्फिनिक्सले आफनो फोनको क्यामरा र भिडियोलाइ परिमार्जित गरि अझ स्तरिय बनाएको छ । उच्चस्तरिय क्यामराको साथै यस फोनमा High speed helio G70 processor, 5000mAh ठुलो ब्याटरी सहित infinity O display  भएकोले फोटो तथा भिडीयोहरु राम्रो क्वालीटिको आउने कम्पनीले जनाएको छ । 

बहुमुखी ४८ ४८ mega pixel quad camera र लो लाइट क्यामरा टेक्नोलोजी भएकोले नै यो फोन बिक्रीको मुख्य कारण रहेको जनाइएको छ । 

इन्फिनिक्स नोट ७ प्रतिको माग र आवश्यकत्ता ग्राहकले धेरै नै रुचाएको भन्दै कम्पनीले आभार समेत व्यक्त गरेको छ । कम्पनीको आउने दिनहरुमा सेवालाई अझ प्राथमिक्ता दिई ग्राहकहरुलाइ विश्वस्नीय सेवा दिन कुनै कसर नछोड्ने समेत जनाएको छ । 

सन् २०१३ मा आरम्भ भएको इन्फिनिक्स मोबाईल एक प्रीमियम अनलाइन ड्रिभन स्मार्टफोन ब्रान्ड हो । ‘फिईउचर इज नाँउ’ भन्ने ब्रान्डको सारका साथ इन्फिनिक्सले यो बजारमा ल्याएको थियो । 

इन्फिनिक्सले अहिले ZERO, NOTE, HOT, S, and SMART गरी ५ वटा प्रडक्टहरू बजारमा ल्याएको छ । ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडका बारे ओला इलेक्ट्रोनिक्स नेपालको ग्याजेट र मोबिलिटी इकोसिस्टमको दुनियाँमा एक अग्रनी स्थानमा रहेको कम्पनी हो। नयाँ प्रविधि सस्तो मूल्यमा नेपाली बजारमा ल्याउनु नै यस कम्पनीको मुख्य लक्ष्य रहेको जनाएको छ । 

प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार  ११ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।