नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारलाई कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीको नेतृत्वमा सिंहदरबार पुगेको टोलीले गृहमन्त्री रामबहादुर थापा बादललाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
महासंघले गृह मन्त्रालयलाई पीपीई सुट ५० थान, थमर्थरल
गन ५० थान, चश्मा ५० थान, सुज कभर ५० थान, एएस ९५ माक्स एक हजार थान, सर्जिकल माक्स, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
हस्तान्तरण पछि गृहमन्त्री थापाले व्यवसायीहरुका समस्याहरु समाधानका लागि सहजीकरण गर्ने बताए ।
व्यवसायीहरुको सुरक्षाका लागि सरकारले व्यवस्था मिलाउने गृहमन्त्री थापाले बताए । व्यवसायीहरुले राखेको गुनासोमा पनि गृहमन्त्री थापाले सकेको सहजीकरण गर्न आफू तयार रहेको बताए ।
महासंघका उपाध्यक्ष कार्कीले चीनबाट आएको ठूलो परिमाणको सामाग्रीहरु केरुङ नाकामा अड्किएको भन्दै छुटाइदिन आग्रह गरे ।
उनले ठिडसेम्बर महिनादेखि नाकामा सामाग्री अड्किदा व्यवसायीहरु समस्यामा परेको बताए ।
उनले केरुङ जानका लागि व्यापारीहरुलाई पास नदिइएको कारण पनि समस्या भएको बताए ।
कोरोना महामारीमा थोरै भए पनि राज्यलाई सहयोग होस् भनेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको महासंघका महासचिव अञ्जन शाक्यले बताए ।
कुनै विषयमा राज्यसँग विमति भए पनि महामारी नियन्त्रणमा आफूहरु राज्यसँगै लागि पर्ने उनले बताए ।
‘हामीलाई घरभाडा, बैंकको ब्याज र राज्यलाई तिर्नु पर्ने कर तिर्न पनि समस्या परेको छ, लामो समय व्यवसाय सञ्चालन हुन पाएन’ महासचिव शाक्ले भने, ‘हाम्रा यावत समस्या हुँदाहुँदै पनि राज्यको समस्यालाई समाधान गर्न हामीले थोरै सहयोग गरेका हौँ ।




















प्रतिक्रिया