Logo

समाचार

भारतीय दाबी : कमाण्डिङ अफिसरसहित ४० भन्दा बढी चिनियाँ सेना मारिए



भारत र चीनका सेनाबीच गलवान घाँटीमा भएको झडपलाई लिएर विभिन्न दाबी बाहिर आइरहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सो झडपका क्रममा ४० जनाभन्दा बढी चिनियाँ सेना मारिएको दाबी गरेका छन् । जसमा चिनियाँ सेनाका एक कमाण्डिङ अफिसरसमेत रहेको दाबी गरिएकाे छ ।

झडप भएको स्थाननजिकै ठूलो संख्यामा एम्बुलेन्स, घाइते र मृत्यु भएका चिनियाँ सैनिक स्ट्रेचरमा लगिरहेको देखिएको दाबी भारतीय सञ्चार माध्यम आजतकले दाबी गरेको छ । यसबाहेक गाल्भान नदीनजिक चिनियाँ हेलिकप्टरको आवागमन बढेको र त्यसले सैनिक ओसारिरहेको उसको दाबी छ ।

स्रोतका अनुसार झडपमा चीनका कमाण्डिङ अफिसरको पनि मृत्यु भएको बताइएको छ । उनले नै झडपको अगुवाई गरिरहेका थिए । त्यस्तै भारतीय सेनाका कमाण्डिङ अफिसरको पनि मृत्यु भएको थियो ।

भारतकाअनुसार उक्त हिँस्रक झडपका क्रममा चीनलाई ठूलो नोक्सान भएको दाबी गरेको छ । झडपमा पुगेका सैनिकले चिनियाँ सैनिकको मृत्युको संख्या ४० भन्दा कम नरहेको बताएका छन् । भारततर्फ २० जनाको मृत्यु भएको नाम सार्वजनिक भएको भारतीइ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार १३:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।