Logo

प्रमुख समाचार

राष्ट्रपतिले प्रमाणीकरण गरिन् संविधानको दोस्रो संशोधन विधेयक



राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन्।

विहिबार दुबै सदनबाट सर्वसम्मतिले पारित भएको विधेयक बिहीबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण राष्ट्रपति कार्यलयले जानकारी दिएको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै नेपालको नक्साले पूर्णरुपमा मानयता पाएको हो । उक्त विधेयक राजपत्रमा पनि प्रकाशित हुनेछ।

सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार १९:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।