Logo

खेलकुद

म्यानचेस्टर युनाइटेड र टोटनह्याम बराबरीमा रोकिए



इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा टोटनह्याम र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा सुरुवाति अग्रता लिए पनि जोसे मोरिन्होको टिम टोटनह्यामले जित निकाल्न सकेन ।

२७ औँ मिनेटमा स्टीभन बर्गविजनले गोल गरेर टोटनह्यामलाई सुरुवाति अग्रता दिलाएका थिए । तर ८१ औँ मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल गरे।

बराबरीपछि पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेडको ३० खेलबाट ४६ तथा आठौँ स्थानको टोटनह्यामको ४२ अंक भएको छ ।

अर्काे खेलमा साउथह्याम्पटनले रेलिगेसन जोनको नर्विच सिटीमाथि ३–० को सहज जित हात पारेको छ । साउथह्याम्पटनका ड्यानी इंग्स,स्टुआर्ट आम्सट्रोङ र नाथन रेडमोन्डले गोल गरे । जितसँगै साउथह्याम्पटन ३७ अंक जोेडेर १३औं स्थानमा उक्लदा नर्विच २१ अंकसहित पुछारमा छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार ०६:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।