Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या ४३८ पुग्यो



शनिबार बिहानै गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका तनहुँ, नवलपरासी, म्याग्दी, स्याङ्जा, कास्की र बागलुङ्मा गरी ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा सबैभन्दा धेरै २५ जना संक्रमित थपिएका छन् । यस्तै नवलपरासी (नवलपुर)मा १६ जना, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ र बाग्लुङमा ८ जना रहेका छन्।

निर्देशनालयका अनुसार, भारतबाट आएर क्वारिन्टिनमा बस्दै आएका उनीहरुलाई संक्रमण पोजेटिभ देखिएसँगै सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार ०७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।