Logo

समाचार

कोरोना कहर : मृत्युहुनेको संख्या बढ्दै, आइतबार आरडीटी परिक्षणगरी घर गएका युवकको मृत्यु



सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका एक युवकको मृत्यु भएको छ। र्‍यापिड डाइग्नोष्टिक टेस्ट आरडिटी० परीक्षण गरी घर पठाइएको युवकको आइतबार बिहान मृत्यु भएको हो।

भरीगंगा नगरपालिका ५ का युवा छिन्चुको शारदा माविमा रहेको क्वारेन्टाइनमा १४ दिन बसेका थिए। आरडिटी परीक्षणमा एन्टिबडी नेगेटिभ देखिएपछि उनलाई जेठ २९ गते घर पठाइएको थियो।

उनी जेठ १६ गते भारतबाट नेपाल आएका थिए।

उनको स्वाब परीक्षणको रिर्पोट आएपछि मात्र दाहसंस्कार गरिने नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : ७ असार २०७७, आईतवार १५:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।