Logo

राजनीति

माधव पक्षले केन्द्रीय कमिटी बैठक डाकेपछि एमालेकाे विज्ञप्ति : ‘अवैधानिक र गैरकानुनी बैठकमा कोही सहभागी नहुनू’



नेकपा एमालेले अवैधानिक र गैरकानुनी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई चेतावनी दिएकाे छ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक डाकेपछि एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले बिहीबार बिहान वक्तव्य जारी गर्दै ‘बैठक अवैधानिक भएको र त्यस्ता गतिविधिमा संलग्न नहुन’ भनेका छन्।

‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु,’ उनले भनेका छन्।

एमालेको विवाद मत्थर नभइरहेका बेला नेपालले ११ बजे बस्नेगरी केन्द्रीय कमिटीको बैठक बाेलाएका छन्। बैठक भर्चुअल  मार्फत् हुने तयारी छ। पछिल्लो समय नेता नेपाल र झलनाथ खनाललाई नयाँ पार्टी खोल्न पनि दबाब परेको छ।

UML.jpg

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार ०८:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।