नेपाली कांग्रेसका सांसद गगन थापाले आफूसँग निहु खोज्ने जोगी डाक्टरलाई सरकारले देखाइदिँदा धेरै खुसी भएको व्यग्य गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद थापाले भने ‘नेपाल सरकारलाई बधाई छ, एउटा जोगी डाक्टरले सरकारसंग निहुँ खोज्यो, त्यो पनि दुई तिहाईको सरकारसंग।’ सरकारले देखाइदियो। सरकारलाई बधाई छ।’
उनले मनमोहन अधिकारीका नाममा देख्न नपाएको दुई तिहाई मार्सीमोहनका नाममा देख्न पाइएको भन्दै सरकारलाई बधाईसमेत दिए।
डा. केसीको आन्दोलनका कारण रिसाएकाहरु मार्सीमा दुुईतिहाई जुुट्दा अहिले खुसी भएको उनको भनाई थियो। थापाले भने‘अनाथ बालबालिकाका निम्ति विशेष सामाजिक सुरक्षाको कानून बनाउँदा देख्न नपाएको दुुईतिहाई मार्सीमा देखियो। यत्रो मान्छेलाई खुसी बनाउने सरकारलाई बधाई छ।’
जताततै भ्रष्टाचार भएको भन्दै सांसाद थापाले प्रधानमन्त्री ओलीलाई ऐना अगाडि उभिएर आफ्नो अनुहार हेर्न अनुरोध गरे। ‘प्रधानमन्त्री भन्नुहुन्छ, म भ्रष्टाचारीको अनुहार हेर्दिन। तर जताततै भ्रष्टाचारी राख्दाखेरी मलाई लागेको छ, प्रधानमन्त्रीले ऐना हेर्न बन्द गर्नुपर्छ।’ दुई तिहाईको सरकारलाई प्रतिपक्षी कस्तो हुन्छ भन्ने कुरा अब कांग्रेसले देखाउने उनले चेतावनी दिए।
प्रतिक्रिया