विदेशमा रहेका झण्ड १८ हजार नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको तथ्यांक सार्वजनिक भएको छ।
गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार अहिले भने कोरोना संक्रमणको क्रम केही घटेको छ। यो साता संक्रमणको क्रम घटेसँगै कसैले ज्यान गुमाउनु परेको छ। गत आठ साता विदेशमा रहेका नेपालीको लगातार ज्यान गएको थियो।
एनआरएन स्वास्थ्य समितिका अनुसार डेनमार्क, नेदरल्यान्ड्स, अष्ट्रेलिया, जापान, म्यानमा, पोल्यान्ड, रुस, न्युजिल्यान्ड, क्यानडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायत १५ देशमा बस्ने करीब नौ हजार नेपाली कोरोना संक्रमणबाट निको भएका छन्।
समितिले संकलन गरेको तथ्यांकानुसार विदेशमा रहेका १७ हजार सात सय ९२ नेपाली कोरोना भाइरसबाट संक्रमिक भएका छन्। समितिका संयोजक डा।सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका तीन नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको हो।
संघका अनुसार कोरोना संक्रमणले हालसम्म विदेशमा एक सय २७ नेपालीको मृत्यु भएको छ। सापकोटाका अनुसार नेपालका ३५ देशमा रहेका नेपालीमा कोरोना देखिएको हो।
त्यसमध्ये झण्डै नौ हजार नेपाली निको भएको संघले जनाएको छ ।




















प्रतिक्रिया